६ बैशाख २०७८, सोमबार

नेपाल टेलिकमको चैत १३ गते वार्षिक साधारण सभा 

आर्थिक सञ्जाल
२० फाल्गुन २०७७, बिहीबार ०८:५१

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चैत १३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

टेलिकमले गत वर्षको नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २७ गते महा शिवरात्री पर्व परेकाले सार्वजनिक बिदा हुँदै आएको छ । तसर्थ, फागुन २६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।