६ बैशाख २०७८, सोमबार

राजश्व उठाउन भन्सार नाकाहरुमा सुराकी

आर्थिक सञ्जाल
२० फाल्गुन २०७७, बिहीबार ०८:४३

काठमाडौं । सरकारले राजश्व चुहावट रोक्न संवेदनशील नाकाहरुमा सुराकी परिचालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यअनुसार राजश्व संकलन नहुने र अन्तर्राष्ट्रिय नाकाबाट राजश्व चुहावट नरोकिएपछि संवेदनशील नाकाहरुमा सुराकी परिचालन गर्न लागेको हो ।

सुराकी परिचालन गर्दा सुराक गर्नेले सही सूचना दिएको पुष्टि भएमा त्यस्तो व्यक्तिले प्रोत्साहन रकम समेत पाउने छ ।

नाकाहरुमा सुराकी परिचालन गर्दा अवैध व्यापार नियन्त्रण, राजश्व संकलन प्रभावकारी र नतिजामुखी बनाउन सकिने अर्थ मन्त्रालयको दाबी छ । आर्थिक दैनिकबाट