
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको ३.५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
समायोजनपछिको भाउ ९६६ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर बिहीबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन बुधबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
संस्थाले चैत ५ गते बस्ने साधारण सभाको लागि बिहीबार फागुन २० गते बुक क्लोज गरेको छ । जस अनुसार बुधबार फागुन १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ३.५% बोनस र कर प्रयोजनका लागि ०.१८% नगद लाभांश वितरण गर्न लागेको हो ।