१३ फाल्गुन २०७७, बिहीबार

सिद्धार्थ बैंकद्धारा गोंगबुस्थित होटललाई क्यूआर कोड हस्तान्तरण

आर्थिक सञ्जाल
१० फाल्गुन २०७७, सोमबार १४:५०

काठमाडौं । सिद्धार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकको गोंगबु शाखामा यस क्षेत्रका नेपाल होटल व्यवसायीमा आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले हाल ५० होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

गोंगबु शाखा प्रबन्धक मीनबहादुर चौलागाईं, नेपाल होटल व्यवसायी संघका महासचिव गणेश ढकालका साथै होटल व्यवसायी सहभागी  कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सुरु गरेका थिए ।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकले नेपाल होटल व्यवसायी संघअन्तर्गतका होटल तथा लजहरूमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन् ।