१३ फाल्गुन २०७७, बिहीबार

राष्ट्रिय बिमा संस्थानद्धारा ‘डसबिन’ वितरण

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार २०:२५

काठमाडौं । राष्ट्रिय बिमा संस्थानको ५४ औं बार्षिक उत्सबको अवसर पारेर संस्थानले २० थान डसबिन सहयोग हस्तान्तरण गरेको छ ।

फागुन ९ गते आइतबार विशेष कार्यक्रमको आयोजना गरि कागेश्वरी मनोहरा स्थित निराकार फोहोर मैला सँकलन अभियानका अध्यक्षलाई उक्त २० थान डसबिन हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा, विशिष्ट अतिथि राष्ट्रिय बिमा संस्थानका अध्यक्ष गँगाराम कँडेल, प्रशाशक कवि प्रसाद पाठक, अतिथि रमेश पोखरेल, सुबास कोईराला, थम बहादुर रावल, कलाकार घनश्याम गौतम र पशुपती दँगाल लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बिमा संस्थानले बार्षिक उत्सबको अवसर पारेर विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै सहयोग गर्ने कुरा रास्ट्रिय बिमा सँस्थान परिवार का तर्फ बाट सँस्थानका कर्मचारी एवम् समाज सेवी पशुपती दँगालले बताउनु भएको छ । राष्ट्रिय बिमा संस्थानले  फागुन ११ गते आफ्नो ५४ औं बार्षिक उत्सब मनाउँदै छ ।