१३ फाल्गुन २०७७, बिहीबार

आज नेप्से ३ दशमलव ६६ अङ्कले उकालो लाग्यो

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार १६:५९

काठमाडौं । आज साताको पहिलो दिन आइतवार शेयर बजारमा नेप्से परिसूचक ३ दशमलव ६६ अङ्कले उकालो लागेको छ ।आज नेप्से ३ दशमलव ६६ अङ्कले बढेर २६ सय ४० अङ्कमा पुगेको हो ।

आज जलविद्युत् समूहको शेयर ८३ अङ्कले, अन्यको ३९ अङ्कले वृद्धि भएको छ । यस्तै विकास बैंकको २९ अङ्कले, ट्रेडिङको १६ अङ्कले र होटलको १२ अङ्कले बढेको छ ।

तर जीवन बीमा समूहको शेयर तीन सय ६१ अङ्कले, निर्जीवन बीमा समूहको ८३ अङ्कले र माइक्रोफाइनान्सको ४५ अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोड र निफ्राको ५५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज दुई सय सात कम्पनीका दुई करोड ४३ लाख कित्ता शेयर आठ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छ। तर बेस्ट फाइनान्स कम्पनी, किसान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरकोैे दरले गुमाएको छ।