१३ फाल्गुन २०७७, बिहीबार

सुर्यलाई हल अफ फेमु फुटसलको उपाधि

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार १९:०३

काठमाडौं । सुर्य फुटसलले चौंथो हल अफ फेमु खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । भक्तपुरको ख्वोपा फुटसलमा आइतबार भएको फाइनलमा वी प्लेलाई २९० गोल अन्तरले पराजित गर्दै सुर्य च्याम्पियन बनेको हो ।

यस अघि सेमिफाइनलमा सुर्यले नेचर एफसी र वी प्लेले दक्षिण ढोकालाई हराएको थियो । उपाधिसँगै सुर्यले ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको वी प्लेले २० हजार पाप्त गर्यो ।

ख्वोपा फुटसल प्रालीले आयोजना गरेको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । विजेतालाई कार्यक्रमको प्रमुख अतिथि तथा समाजसेवी राजन प्रजापति, ख्वोपा फुटसल प्रालीका अध्यक्ष राम प्रजापति लगायतले पुरस्कृत गरे ।