१३ फाल्गुन २०७७, बिहीबार

सेयरधनीको डिम्याट खातामा एनएलजी इन्स्योरेन्सको ७% बोनस सेयर जम्मा

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार ०८:५८

काठमाडौं । एनएलजी इन्स्योरेन्सले ७% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरि दिएको छ । कम्पनीले गत कात्तिक २४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइ दिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नु पर्नेछ ।

अनि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । एनएलजी इन्स्योरेन्सको मंसिर ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनको लागि ०.३७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।