१४ फाल्गुन २०७७, शुक्रबार

आज सिभिल बैंकको साधारण सभा , ८.४२% लाभांश पारित हुँदै

आर्थिक सञ्जाल
९ फाल्गुन २०७७, आईतवार ०८:२०

काठमाडौं । सिभिल बैंकको दशौं वार्षिक साधारण सभा आज फागुन ९ गते आइतबार बस्दैछ । सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा ८,४२% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।

गत वर्षको नाफाबाट ८% बोनस सेयर कर तिर्न ०.४२% नगद लाभांश वितरण दिने निर्णय गरेको हो । साथै, सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा अघि सारिएको छ । आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बैंकले माघ २३ गतेबाट बुक क्लोज गरेको छ । माघ २२ गतेसम्म कायम भएका सेयरधनीले लाभांश पाउने छन् ।