१८ फाल्गुन २०७७, मंगलवार

पिपुल्स हाइड्रोपावरको साधारणसभा फागुन २९ गते

आर्थिक सञ्जाल
७ फाल्गुन २०७७, शुक्रबार १२:१७

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले २०७६०७७ को वार्षिक साधारणसभाका लागि फागुन २९ गते बोलाएको छ ।

कम्पनी संचालक समितिको बिहीवार बसेको बैठकले इन्द्रेणी बैंक्वट, नयाँ बानेश्वरमा विहान ११ बजे जुमबाट सभा अयोजना गर्ने स निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै सभामा कम्पनीले कम्पनकिो अधिकृत पूँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) मा संशोधन गर्ने प्रस्ताव पारित गरिने जनाएको छ। ।