१३ फाल्गुन २०७७, बिहीबार

नेसनल हाइड्रोपावरको नाफा घट्यो

आर्थिक सञ्जाल
७ फाल्गुन २०७७, शुक्रबार ०९:१५

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४०रुपैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा २०.७६% ले थोरै हो ।

गत वर्ष कम्पनीले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी २.८८% ले घटेर ५ करोड ४५ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल नेसनलको चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष भने ३२ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ७७ पैसा (वार्षिक)रहेको यसको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ५७ पैसा रहेको छ ।