१८ फाल्गुन २०७७, मंगलवार

मञ्जुश्री फाइनान्सको ऋणपत्र बाँडफाँड

आर्थिक सञ्जाल
५ फाल्गुन २०७७, बुधबार ११:३०

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गते, आइतबारबाट माघ २३ गते,सम्म निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ ।

फाइनान्सले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५’ नाममा ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री खुल्ला गरेको हो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई फागुन ३ गते, सोमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।