१८ फाल्गुन २०७७, मंगलवार

रिलायन्स फाइनान्सको वित्तीय विवरण सार्वजनिक

आर्थिक सञ्जाल
४ फाल्गुन २०७७, मंगलवार ०९:५८

काठमाडौं । रिलायन्स फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा ८७.५८% ले थोरै हो । गत वर्ष यसले ६ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४७.०४% र ८७.५८% ले घट्दा त्यसको प्रभाव खुद नाफामा देखिएको हो ।

गत वर्ष ११ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीको यो त्रैमाससम्म आइपुग्दा घटेर ६ करोड २६ लाख रुपैयाँमा झरेको छ । कम्पनीको सञ्चालन नाफा पनि ८ करोड ८९ लाख रुपैयाँबाट घटेर १ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।

हाल यसको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार रुपैयाँ रहेको छ । रिर्जभ कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । पुससम्म ५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले ३ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा पनि १.६६% बाट बढेर ४.७९% भएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसा ९वार्षिक० रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ २२ पैसा छ ।