काठमाडौं । आज साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । आज नेप्से ९२ दशमलव ४२ अङ्कले बढेर २५ सय ८६ दशमलव शून्य एक अङ्कमा पुगेको हो ।आज सबै समूहको शेयर वुद्धि भएको छ ।
बैंकिङ समूहको शेयर ५७ अङ्कले बढेको छ भने, व्यापार समूहको ७१ अङ्कले उकालो लागको छ । यस्तै होटलको २४ अङ्कले, जलविद्युतको ६४, फाइनान्सको ३४, निर्जीवन बीमाको चार सय ४७, उत्पादनको एक सय ५९, अन्यको ६२, माइक्रोफाइनान्सको तीन सय ८० र जीवन बीमा कम्पनीको शेयर ६ सय ९७ अङ्कले वृद्धि भएको छ ।
आज दुई सय पाँच कम्पनीका दुई करोड २४ लाख ४७ हजार कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ७० करोड रुपैयाँभन्दा धेरेको शेयर कारोबार भएको हो ।
सोमवार ११ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । तर पञ्चकन्यामाई हाइड्रोका शेयरधनीले चार प्रतिशत गुमाएका छन् ।