१४ फाल्गुन २०७७, शुक्रबार

आज सिंगटी हाइड्रोको आइपीओ भर्ने अन्तिम

आर्थिक सञ्जाल
३ फाल्गुन २०७७, सोमबार ०८:५८

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ भर्ने आज फागुन ३ गते सोमबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाका अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ । यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गरेको छ । सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ ।

लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड २०१० मा स्थापना भएको कम्पनी हो ।