१८ फाल्गुन २०७७, मंगलवार

निश्चलले निर्देशन गर्ने चलचित्र ‘जिन्दावाद’ मा सौगात र दया

आर्थिक सञ्जाल
२९ माघ २०७७, बिहीबार १४:५०

काठमाडौं । चलचित्र ‘जिन्दावाद’मा अभिनेताद्वाय सौगात मल्ल र दयाहाङ राई भित्रिने भएका छन् ।चलचित्र ‘जिन्दावाद’ को निर्देशन निश्चल बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतले सौगात र दयाहाङसंग चलचित्र गर्ने मौखिक सहमती भैसकेको बताएका छन् ।

आउँदो वर्षको जेठबाट ‘जिन्दावाद’ को छायाँकन सुरु हुने जनाइएको छ। यस्तै यस चलचिमा अभिनेत्री स्वस्तिमा खड्का पनि रहने सम्भावना रहेको बताइएको छ ।

चलचित्र ‘जिन्दावाद’ को स्क्रिप्ट बुद्धिसागर बस्यालले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटाले संगीत भर्नेछन् भने, नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी रहनेछ ।