१८ फाल्गुन २०७७, मंगलवार

नेसनल माइक्रोफाइनान्सको नाफा ४४.९७% ले बढे

आर्थिक सञ्जाल
२९ माघ २०७७, बिहीबार ०८:५६

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेसनल माइक्रोफाइनान्सको खुद नाफा ४४.९७% ले बढेर १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ९ करोड २५ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफा बढ्न सहयोग पुगेको हो ।

पुस मसान्तससम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ३७.७३% ले बढेर २५ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १८ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

संस्थाको सञ्चालन नाफा पनि ४४.९७% ले बढेर २१ करोड २९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १४ करोड ६८ लाख ९८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी वार्षिक १०१ रुपैयाँ ९० पैसा र प्रति सेयर नेटवर्थ २३० रुपैयाँ ७८ पैसा छ । यता, खराब कर्जा भने ०।४७५ ले बढेर २.२३% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.७६% थियो । नेसनलको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ५३ लाख २९ हजार रुपैयाँ छ ।