१४ फाल्गुन २०७७, शुक्रबार

शिवम सिमेन्ट्सको नाफा १६.१३%ले बढ्यो

आर्थिक सञ्जाल
२७ माघ २०७७, मंगलवार ०८:५३

काठमाडौं ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिवम सिमेन्ट्सको खुद नाफा १६.१३% ले बढेर ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५० करोड ७७ लाख ५१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने ९.३६% ले घटेर ४ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष सिमेन्ट बिक्रीबाट कम्पनीले ४ अर्ब ६९ करोड ५६ लाख १ हजार रुपैयाँ कमाएको थियो । अन्य स्रोतबाट हुने आम्दानी भने १६५.३०% ले बढेर ३ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यसले पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ । अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी १ करोड ३१ लाख ३५ हजार रुपैयाँमा सीमित थियो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ६१ करोड २१ लाख ४३ हजार रुपैयाँ छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ ।