१४ फाल्गुन २०७७, शुक्रबार

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस शेयर हितग्राही खातामा जम्मा

आर्थिक सञ्जाल
२५ माघ २०७७, आईतवार ०९:२८

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । कर्पोरेशनले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।

मंसिर १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ ।

कम्पनीले गत मंसिर ३० गते सम्पन्न ५३औं वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ ।

साथै मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई क्रमशः उक्त बोनस शेयर जम्मा गरिने साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ ।