२४ फाल्गुन २०७७, सोमबार

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आइपीओ बिक्री गर्ने

आर्थिक सञ्जाल
२४ पुष २०७७, शुक्रबार ०९:४८

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आइपीओ स्थानीय बासिन्दालाई बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

सिंगटीको आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम जोखिम भएको केयर एनपी डबल बी माइनस ९आइएस० रेटिङ्ग प्रदान गरेको छ। बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्सले गरेको छ ।

सिंगटीले परियोजना निर्माणका लागि निर्माण अवधिको ब्याज सहित प्रति मेगावाट लागत २२ करोड रुपैयाँ अनुमान गरेको छ । लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष अनुमान गरिएको छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड २०१० मा स्थापना भएको कम्पनी हो ।