२४ फाल्गुन २०७७, सोमबार

युनाइटेड मोदीको साधारण सभा आज पुस २२ गते बस्दै

आर्थिक सञ्जाल
२२ पुष २०७७, बुधबार ०९:०५

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज पुस २२ गते बस्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले ५.२६% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यसर्थ, कम्पनीले ६ करोड ५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेबाट ९ गतेसम्म बुक क्लोज गरीसेकेको छ । पुस ४ गतेसम्म कायम सेयरधनीले नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।