६ बैशाख २०७८, सोमबार

एनसीसी बैंकको सेयर मूल्य समायोजन

आर्थिक सञ्जाल
२१ पुष २०७७, मंगलवार ०८:५३

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.२७% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३२४ रुपैयाँ निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर मंगलबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले माघ ९ गते बस्ने साधारण सभाको लागि आज मंगलबार (पुस २१ गते) बुक क्लोज गरेको छ । पुस २० गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १०.२७% बोनस सेयर र कर प्रयोजनको लागि ०५४% वितरण गर्न लागेको हो ।