६ बैशाख २०७८, सोमबार

नेसनल माइक्रो फाइनान्सले २७% लाभांश दिने

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार १२:३१

काठमाडौं ।  नेसनल माइक्रो फाइनान्स लघुवित्तले २७% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकोे नाफाबाट २१% बोनस सेयर र ६% नगद गरी कुल २७% लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

नेसनल माइक्रो फाइनान्सले हाल कायम २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । बोनस वितरणपछि चुक्ता पुँजी ३१ करोड ९४ लाख ९४ हजार ७५२ रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले ७५% बोनस सेयर र ५% नगद गरी कुल ८०% लाभांश दिएको थियो ।