७ बैशाख २०७८, मंगलवार

गुहेश्वरी मर्चेन्टको ११,४% लाभांश सुरक्षित गर्ने आज अन्तिम

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार ०९:२३

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज पुस २० गते सोमबार अन्तिम दिन हो । साधारण सभाका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजन सहित ३.४०% नगद लाभांश वितरण गर्दैछ ।

यता, गुहेश्वरीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि बनाएको छ । फाइनान्सले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभा गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिने कम्पनीले जनाएको छ ।