१० बैशाख २०७८, शुक्रबार

एनसीसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार ०९:१८

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २० गते सोमबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १०.२७% बोनस सेयर र कर प्रयोजनको लागि ०.५४% नगद लाभांश वितरण गर्दैछ ।

यता, एनसीसी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव छ । बैंकको साधारण सभा माघ ९ गते हुने भएको छ । साधारण सभा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट पनि सभामा भाग लिन सकिनेछ ।