८ बैशाख २०७८, बुधबार

म्यान्चेस्टर सिटीद्धारा चेल्सी पराजित

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार ०८:५७

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यान्चेस्टर सिटीले ३–१ ले हराएको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको चेल्सी विरुद्धको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगान, फिल फोडेन र केभिन डे ब्रायनले एक एक गोल गरे ।

घरेलु टोली चेल्सीका लागि क्यालुम हड्सन ओडोइले इन्जुरी समयमा एक सान्तोना गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा गएराति लेष्टर सिटीले न्युकासल युनाईटेडलाई २–१ ले हरायो । बर्नले र फुल्हम बिचको खेल भने कोभिडका कारण रद्द गरियो ।

गएरातिका खेलहरुपछि इग्लीश प्रिमियर लिगमा १६ खेलबाट ३३–३३ अंक जोडेका लिभरपुल र म्यान्चेस्टर युसनाईटेड शिर्ष दुई स्थानमा रहेका छन् । तेस्रो स्थानको लेष्टर सिटीको ३२ अंक छ भने २९ अंकको टोटनह्याम हट्सपर चौथो स्थानमा रहेको छ ।

गएरातिको जितसँगै म्यान्चेस्टर सिटी १५ खेलबाट २९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १७ खेलबाट २६ अंक जोडेको चेल्सी भने आठौं स्थानमा झरेको छ ।