१० बैशाख २०७८, शुक्रबार

प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार ०८:४२

काठमाडौं ।  प्राइम कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४०७ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर सोमबार प्राइमको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य ४६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्राइम कमर्सियल बैंकले पुस २९ गते बस्ने साधारण सभाको लागि आज  पुस २० गते  सोमबार बुक क्लोज गरेको छ । जस अनुसार आइतबार पुस १९ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५% बोनस सेयर वितरण गर्न लागेको हो ।