६ बैशाख २०७८, सोमबार

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २३औं बार्षिक साधारणसभा

आर्थिक सञ्जाल
१९ पुष २०७७, आईतवार १८:२०

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभा पौष १८ गते शनिबार राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतीको प्रमुख आतिथ्यमा  काठमाडौंको होटल तपस, बत्तिसपुतलीमा सदस्यहरुको अभौतिक उपस्थितिमा सम्पन्न भएको थियोे ।

उक्त बार्षिक साधारण सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आ.ब. २०७६/०७७को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

संस्थाका अध्यक्ष सिटौलाले आ.ब. ०७६/०७७को असार मसान्तसम्ममा संस्थाको कुल निक्षेप रु.२ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६०४ कायम भएको र कर्जा लगानी रु. १ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८८५ पुगेको बताउनु भयोे ।

त्यस्तै संस्थाको चुक्ता पूँजि रु. ७ करोड ४ लाख ९० हजार ५ सय रहेको, जगेडा तथा अन्य कोषहरु रु. रु १८ करोड २० लाख ८१ हजार १५५ रहेको र संस्थाको सञ्चालन बचत (मुनाफा) रु. ३ करोड ९४ लाख ४५हजार ३ कायम भएको जानकारी दिनु हुदै संस्थाले आ.ब. ०७६/ ०७७ को मुनाफाबाट सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरण गरिने बताउनु भयो ।

संस्थाका कोषाध्यक्ष सविना ढकालले लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुँजिलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यम वर्गीय समाजमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताउनु भयो ।

सो अवसरमा संस्थाले कोभिड १९ को भयावहअवस्थामा समेत आफ्नो सेवालाई निरन्तरता दिएको जानकारी गराउनु हुँदै आगामी दिनमा संस्थाले आधुनिक सहकारीताका मुल्य मान्यताहरुलाई अझ ठोस रुपमा व्यवहारमा उतार्ने जानकारी गराउनुभयो ।

प्रमुख अतिथी तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वि. उप्रेतीले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै संस्थाका हरेक वित्तीय सूचकहरु उत्साहजनक रहेको र सदस्यहरुले आफ्ना सम्पूर्ण वित्तीय कारोवार संस्था मार्फत नै गर्नको लागि आग्रह गर्नुभयो ।

साथै सहकारी सदस्यहरुको स्वायत्त संस्थाभएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा संस्थाका सदस्यहरुले संस्थाले सदस्यहरुको हितमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा आ–आफ्नो राय सुझाव प्रस्तुत  गर्नुभएको थियो । बार्षिक साधारण सभामा संस्थाले १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहनु भएका ११ जना कर्मचारीहरुलाई जनही रु. ७५००१/ नगद पुरस्कार सहित नवकान्तिपुर दीर्घ सेवापदक २०७७ द्धारा पुरस्कृत गरिएको थियो ।