
काठमाडौँ । गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’ बोलको गीत सार्वजनिक भएको छ । सो उक्त गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियोमा मोडल समिप तामाङ र शीर्षक भण्डारीको मुख्य अभिनय रहेको छ भने निबि श्रेष्ठ र हिरा श्रेष्ठले सहायक भूमिका निवार्ह गरेका छन् ।
भिडियोको डिरेक्सन मोडल स्वयमले गरेका छन् । भिडियोमा बर्तमान अवस्थाको प्रेमिल जोडीको विषय वस्तु चित्रण गरिएको छ ।
गीत सँगै भिडियो पनि सोचे जस्तै राम्रो बनेको भन्दै गायक द्वय कलाखेती र तमत्ताले दर्शक श्रोताले मन पराउनु हुन्छ भन्ने आशा लिएको बताए। यस गीत गायक तमत्ताले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।