६ बैशाख २०७८, सोमबार

 हेटौंडा उपमहानगरपालिका १८ मा सिभिल बैंकको एक्सटेन्सन काउन्टर 

आर्थिक सञ्जाल
१७ पुष २०७७, शुक्रबार १४:५०

काठमाडौं । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिका वडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. १८ का वडा अध्यक्ष अनिल बानियाले गरेका हुन् ।

यससँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।

करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करिब ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।