६ बैशाख २०७८, सोमबार

प्रभु लाइफ इन्स्योरेन्सको लगानीकर्ताको आइपीओ डिम्याट खातामा जम्मा

आर्थिक सञ्जाल
१८ पुष २०७७, शनिबार ०६:०२

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । प्रभु लाइफको आईपिओमा गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।

PLI  संकेतबाट मेरो शेयरमा प्रभु लाइफ इन्स्योरेन्सको शेयर देखिएको हो। आइपीओ निष्काशन तथा विक्री प्रन्धकमा सिद्धार्थ क्यापीटल रहेको थियो भने  RTS सम्बन्धि कार्य प्रभु क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।