७ बैशाख २०७८, मंगलवार

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

आर्थिक सञ्जाल
१९ पुष २०७७, आईतवार ०६:१०

काठमाडौं । प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते आइतबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले १५% लाभांश वितरण गर्दैछ । बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ ।

साथै, बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान १० बजेदेखि सुरु हुनेछ ।