८ बैशाख २०७८, बुधबार

प्रभु लाईफ इन्स्योरेन्सको शेयर सूचिकरणको लागि नेप्सेमा दर्ता

आर्थिक सञ्जाल
१५ पुष २०७७, बुधबार १७:२४

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ ।

सर्वसाधारण समुहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी कूल दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता शेयर सूचिकरण भई कारोबारको लागि नेप्सेमा निवेदन दर्ता गरेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले आगामी साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको बताए । सिडिएससीमा केही प्रक्रिया पुरा गरेपछि प्रभु लाईफको शेयर आगामी साताबाट कारोबार हुने जनाइएको छ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ता पाँच लाख ४० हजार भन्दा बढि छन् ।