२४ फाल्गुन २०७७, सोमबार

चिलिमेको वार्षिक साधारण सभा आज, २०% लाभांश पारित हुँदै

आर्थिक सञ्जाल
१२ पुष २०७७, आईतवार ०९:११

काठमाडौं । आज पुस १२ गते आइतबार चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा  बस्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले २०% लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । साधारण सभा गर्नका लागि चिलिमेले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गरेको छ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।