१४ माघ २०७७, बुधबार

२०.६३% ले नागरिक लगानी कोषको नाफा

आर्थिक सञ्जाल
७ मंसिर २०७७, आईतवार ०९:११

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १४ करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २०.६३% धेरै हो ।

अघिल्लो वर्ष कोषले १२ करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस अवधिमा कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिसन आम्दानी तथा लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो ।

एक वर्षको अवधिमा ब्याज आम्दानी ६२ लाख ५० हजार रुपैयाँ बढेर ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्ले वर्ष कोषले २ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको थियो ।

यता, गत वर्ष १९ करोड ९० लाख रुपैयाँ रहेको सेवा शुल्क तथा कमिसन आम्दानी यस वर्ष २२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । विधि आम्दानी ३ लाखबाट ५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सेयर पुँजी १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सेयर पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

जगेडा कोष पनि ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँबाट बढेर ८ अर्ब २८ करोड ४८ लाख ५० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ९१ अर्ब १२ करोड रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ ।

नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ लगानी रहेको छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा प्रतिसेयर आम्दानी ३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ थियो ।