१४ माघ २०७७, बुधबार

चन्द्रागिरी हिल्सले आइपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पायो

आर्थिक सञ्जाल
४ मंसिर २०७७, बिहीबार १७:२९

काठमाडौं । धितोपत्र बोर्डबाट चन्द्रागिरी हिल्सले आइपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो ।

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपीओे निष्काशनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।