१४ माघ २०७७, बुधबार

सेञ्चुरी क्यापिटलको साधारण सभा आज

आर्थिक सञ्जाल
६ कार्तिक २०७७, बिहीबार ०८:५७

काठमाडौं । सेञ्चुरी क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आज कार्तिक  गते, बिहीबार हुँदैछ । कम्पनीको असोज १२ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा काठमाडौं प्लाजा, कमलादी, काठमाडौंमा दिनको १ बजेबाट सुरू हुने जनाएको छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । क्यापिटलमा सेञ्चुरी कमर्शियल बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको हुनाले यो लाभांश बैंकले पाउने छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।