३० बैशाख २०७८, बिहीबार

युनाइटेड इन्स्योरेन्स कम्पनीले आव २०७५/७६ को नाफाबाट लाभांश वितरण वितरण नगर्ने

आर्थिक सञ्जाल
२७ आश्विन २०७७, मंगलवार १३:४५

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को नाफाबाट युनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज २२ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको छ । तर लाभांश भने वितरण नगरिने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास सकिन लागिसकेको भएपनि युनाइटेडले भने आव २०७५/७६ देखि कै साधारण सभा गर्न बाँकी रहेको छ । गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म भने यस कम्पनीले ३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९४ पैसा छ ।