२८ बैशाख २०७८, मंगलवार

दशैको अवसरमा महालक्ष्मी विकास बैंकले ऋणीहरुलाई व्याज रकममा १०% छुट

आर्थिक सञ्जाल
२७ आश्विन २०७७, मंगलवार १३:३३

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) का कारणले उत्पन्न असहज परिस्थितिमा यस बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणिहरुले असोज मसान्तभित्र तिनु पर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०% छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले व्याज रकममा १०% छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

आउदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, तिहार तथा छठको उपलक्ष्यमा आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई महालक्ष्मी विकास बैंकले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।