२५ बैशाख २०७८, शनिबार

अवैध लागूऔषध सहित पक्राउ

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार १६:१३

कास्की । पोखरा महानगरपालिका–६ लेकसाईडबाट विभिन्न नियन्त्रित लागूऔषध सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–६ लेकसाईड बाराहीमार्ग बस्ने २८ वर्षीय लक्ष्मण आचार्य, लमजुङ बेसिसहर नगरपालिका–८ सेराफाट घर बताउने ३६ वर्षीय नबराज थापा र पोखरा महानगरपालिका–६ लेकसाईड बाराहीमार्ग डेरा गरी बस्ने ३४ वर्षीय सबिन पहारी रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले लक्ष्मण आचार्य र नवराज थापालाई लक्ष्मणको कोठामा शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिई तलासी गर्दा लुकाई राखेको नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ४०एम्पुल, डाईजेपाम ४० एम्पुल, फेनरागन ४० एम्पुल र नाईट्रोभ्याट १ सय २० चक्की सहित फेला पारी पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा सबिन पहारीको डेराबाट नियन्त्रित लागूऔषध बुप्रिनर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनरागन १५ एम्पुल सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।