२५ बैशाख २०७८, शनिबार

सानिमा बैंकका ग्राहकले सस्तो डिलमा सामान खरिद गर्दा बिशेष छुट पाउने

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार १४:५२

काठमाडौं । सानिमा बैंकले चाडपर्वको अवसरलाई लक्षित गर्दै सस्तो डिलसँगको सहकार्यमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको छ ।

बैंकले चाडपर्वलाई लक्षित गर्दै आफनो ग्राहकहरुको सुविधाका लागि उक्त योजना ल्याएको जनाएको छ ।

जस अन्तरर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ % छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भिस ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना  आश्विन २७देखि  १ कार्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुने छ ।