२८ बैशाख २०७८, मंगलवार

डिम्याट खातामा स्वाभिमान लघुवित्तको बोनस सेयर

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार १४:४८

काठमाडौं । स्वाभिमान लघुवित्तले २४% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत पुस २४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । यस कम्पनीको माघ १० गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट २४५ बोनस सेयर कर प्रयोजनार्थ १.२७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।