२५ बैशाख २०७८, शनिबार

१३ औं पटक राफेल नाडालले जिते फ्रेन्च ओपनको उपाधि

आर्थिक सञ्जाल
२६ आश्विन २०७७, सोमबार ०८:३३

एजेन्सी । स्पेनिस खेलाडी राफेल नाडालले फ्रेन्च ओपनको उपाधि १३ औं पटक जित्न सफल बनेका छन् । राफेलले रोलान्ड ग्यारोसमा भएको फाइनलमा नोभाक जोकोभीचलाई सजिलै ६–०, ६–२ र ७–५ ले पराजित गरे ।

यस उपाधिसँगै राफेलले करियरमा कुल ग्राण्डस्लामको उपाधि २० वटा पु(याएका छन् । यसका साथै राफेलले स्वीस खेलाडी रोजर फेडेररसँग पनि बराबरी गर्न सफल भएका छन् ।

पहिलो सेटमा तीन सर्भिस ब्रेक गरेर ६–० ले जितेका राफेलले दोस्रो सेटमा पनि जोकोभिचको एक सर्भिस ब्रेक गरेका थिए । जसका कारण उनले ६–२ ले जिते ।

यसका साथै, तेस्रो सेटमा राफेलले जोकोभिचबाट कडा टक्कर पाए पनि उनले टाइब्रेकरमा ७–५ ले जित्न सफल भए ।