२५ बैशाख २०७८, शनिबार

नेसन्स लिगः जर्मनीको पहिलो जित

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १८:५९

एजेन्सी । युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ ।  जर्मनीले युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो । यसअघि जर्मनीले नेसन्स लिगको सुरुवाती दुई खेलमा स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेका थिए ।

जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गरे । युक्रेनका रुस्लान मालिनोभ्स्कीले गोल एक गोल फर्काए । जर्मनीले खेलको २०औं मिनेटमा डिफेन्डर म्याथिएस जिन्टरको गोलबाट खेलमा अग्रता लिएको थियो ।

४९औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जमर्नीलाई २–० को अग्रता दिलाए । लुकास क्लोसटमानको क्रसलाई गोलरक्षक बुस्चनले सहजै नियन्त्रणमा लिएर पनि फुस्काए पछि गोरेट्जकाले गोल गर्न सफल भएका थिए ।

७६औं मिनेटमा युक्रेनले पेनाल्टीमार्फत गोल एक गोल फर्कायो । निकलस सुलले पेनाल्टी बक्समा रोमन यारेमचुकलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रुस्लान मालिनोभ्स्कीले गोल गरे । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल जर्मनीले जित्यो ।

जितसँगै लिग ‘ए’ को ४ मा रहेको अपराजित जर्मनीले युक्रेनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । जर्मनीको ३ खेलबाट ५ अंक पुगेको छ । समान खेलबाटै युक्रेनको ३ अंक छ ।