२५ बैशाख २०७८, शनिबार

प्रभु लाइफ इन्स्योरेन्स ६० करोडको आइपीओ ल्याउन बोर्डमा आवेदन

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १७:५२

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६० लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनका थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थले क्यापिटलले गर्दैछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।