२८ बैशाख २०७८, मंगलवार

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १५:५५

काठमाडौं । १३ हजार कित्ता संस्थापक शेयरहरू एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले  बिक्री गर्ने भएको छ । बैंकका शेयरधनी तारा प्रसाद दाहलले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्येबाट १३ हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको छ।