२५ बैशाख २०७८, शनिबार

राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार, आगामी बैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने तयारी

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १५:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरिएको छ । पार्टी एकीकरणपश्चात कार्य समिति विस्तार गरेर ७२७ जनाको केन्द्रीय कार्य समिति बनाइएको छ ।

यसअघि केन्द्रीय कार्य समिति भएपछि ३२७ जना सदस्य मात्र रहेका थिए । अहिले उक्त समितिमा थप ४०० जना सदस्य थपेर कुल ७२७ जनाको जम्बो समिति बनाइएको हो ।

एकीकृत राप्रपालाई निर्वाचन आयोगले मान्यता दिएपश्चात् आइतबार पहिलो पटक केन्द्रीय कार्य समिति विस्तार गरिएको हो । राप्रपा अब एकता महाधिवेशनको तयारीमा जुट्ने बताइएको छ ।

पार्टीले यही असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने लक्ष्य राखेको र आगामी बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारी भइरहेको राप्रपा स्रोतले जानकारी दियो ।