३० बैशाख २०७८, बिहीबार

नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १५:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । जसमध्ये बैंकले १५ अर्ब २५ करोड रूपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७८ साल असोज २६ गते परिपक्क हुनेछ । असोज २६ गते, सोमबार ३ बजे बोलकबोल गर्ने बैंकले जनाएको छ ।