२८ बैशाख २०७८, मंगलवार

अरुण भ्याली हाइड्रोपावर १००% हकप्रद निष्कासन गर्ने

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १५:३३

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १००% हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख ८३ हजार २३२ कित्ता कप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यस हकप्रदमा मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीलाई यसअघि विद्युत नियमन आयोगले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिइसकेको छ। आयोगले अरुणलाई साउन १६ गते अनुमति दिएको हो ।