२८ बैशाख २०७८, मंगलवार

हिमालयन बैंक लिमिटेडको १०% बोनस सेयर सूचीकृत

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १५:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन बैंक लिमिटेडको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०% बोेनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

हाल हिमालयनको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा रहेको छ ।